परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन

 न्यूज विराट
परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ कात्तिक-गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको छ । गृह मन्त्रालयमा आज राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारी लक्ष्य पुरा गर्ने गरी कर्ययोजना बनाएर लागू गर्नसमेत आग्रह गरे ।

उनले भने, ‘तीन वर्षभित्र सबैलाई परिचयपत्र वितरण गरिसक्ने हाम्रो लक्ष्य हो, एक वर्ष सकिन लाग्यो अबको बाँकी समयमा सबै काम सम्पन्न गर्नुहोस् ।’ मन्त्री थापाले सूचना प्रविधिको भरपुर उपयोग गरी कार्य अघि बढाउन कर्मचारीलाई आग्रह गरे । उक्त कार्यक्रममा अनलाइनमार्फत देशभरबाट प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता थियो ।

सम्बन्धित समाचार

देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार देउवाले आवश्यक परेको...

रियालिटी शो ‘डान्स मास्टर’को घोषणा, तेरिया र सुशान्त पनि जज

नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुन : जीवन काफ्ले

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुन : जीवन काफ्ले निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको सहकारीको २६ औँ बार्षिक साधारणसभाले काफ्ले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि अध्यक्षमा...

विराट एक्स्पो : हेलि सिटी टुरमा २५ प्रतिशत छुट

विराटनगर, फागुन ८–विराटनगरमा जारी विराट एक्स्पोमा हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिएको छ । आजदेखि मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । आजदेखि शनिबारसम्म २५ प्रतिशत छुटको व्यवस्था...

बक्राहा नदीले बगाएर महिलाको मृत्यु

विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...

कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौं, १६ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्