पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड–१९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट आठ, विराट सामुदायिक भवनबाट सात, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट चार÷चार, पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट दुई÷दुई, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट एक÷एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार चार सय १८ पुगेको छ ।

प्रदेश १ मा बिहिबार एक सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका नौ जना रहेका छन् ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा तीन÷तीन, सुनबर्षीमा दुई, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा एक÷एक, झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा पाँच, भद्रपुरमा तीन, हल्दिबारी, कमल र झापा गाउँपालिकामा दुई÷दुई, अर्जुनधारा र मेचीनगरमा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा छ, बराहक्षेत्र र कोशी गाउँपालिकामा तीन÷तीन, इनरुवामा दुई र रामधुनीमा एक, ताप्लेजुङको मैवाखोला र फुङलिङमा एक÷एक, खोटाङको हलेसी तुवाचुङमा दुई, उदयपुरमा दुई, इलामको माईजोगमाईमा एक, तेह्रथुममा एक, भोजपुरमा एक र प्रदेश १ बाहिरका नौ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।

प्रदेश १ मा बिहिबार आठ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र एक सय नौ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार छ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो । उपाधिसँगै...

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुरेशराज सुवेदीसहित प्यानलै निर्वाचीत

विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् । सुवेदीले १...

नेकपाको आयोजनामा बृहतरुपमा बक्षारोपण गरिँदै, मोरङका ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गर्ने

विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका...

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि आज बिहान चितवनको...

थुनुवा, कैदी र बन्दीलाई संविधानले दिएका अधिकार सुनिश्चिततामा जोड

विराटनगर, ३ असोज । संविधान दिवसका अवसरमा विराटनगरमा आज थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ को आन्तरिक मामिला...

सभापति देउवालाई मिश्रको आग्रह : अध्यादेशविरुद्ध मोर्चा बनाउने अग्रसरता लिनुहोस्

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई सरकारले ल्याएका घातक अध्यादेशविरुद्ध एकजुट हुन, संसदभित्र र बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेक छन् । सरकारले ल्याएका अध्यादेशविरुद्ध...

एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट...

वीरगञ्जको अनुगमनमा निस्किए मुख्यमन्त्री राउत

जनकपुर, ३ जेठ-कोरोना भाइरसबाट संक्रमितहरूलाई दिइने सुबिधा र उपचारको व्यवस्थापनलाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज वीरगञ्जको अनुमगन गरेका छन् । मुख्यमन्त्री राउत गत १ सातादेखि काठमाडौंमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्