नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम चार अर्ब माथि

 न्यूज विराट
नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम चार अर्ब माथि

काठमाडौं, २५ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो ।

नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक हजार ६७८.७९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले उकालो लागेर ३३०.३९ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ ।  कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् ०.६८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ । यस्तै, बैंकिङ ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, निर्जीबन बीमा १६०.४, उत्पादन ४०.९, अन्य ४८.५८, लघुवित्त ४.८९ र जीवन बीमा ४७६.३६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी चम्किएको छ । सो कम्पनीको रु २८ करोड ५३ लाख ३२ हजार १५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड ५८ लाख ४४ हजार १६८, हिमालयन डिस्टिलरी  रु २० करोड ८३ लाख ४८ हजार ८११, नेपाल दूरसञ्चार कम्पनी रु २० करोड ६४ लाख ४३ हजार ८७२, कामना सेवा विकास बैंक रु १६ करोड ८७ लाख ८२ हजार ६१७, नेशनल लाइफ इन्स्योरेन्स रु १६ करोड ७१ लख ४१ हजार ७६६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ५१ लख ५० हजार ७८४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोारेशन र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । सानिमा जनरल इन्स्योरेन्स ९.९१, ओरियन्टल होटल ६.७९, हिमालयन जनरल इन्स्योरेन्स ६.२९ र तारागाउ रिजेन्सी होटलका लगानीकर्ताले ५.५१ प्रतिशतले कमाए ।

यसैगरी, विशाल बजार कम्पनी ४.६१, अरुण भ्याली हाइड्रोपावर २.६९, विजय लघुवित्त २.६४, आँखु खोला जलविद्युत् कम्पनी २.३३, सांग्रिला डेभलपमेन्ट बैंक २.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले २.०७ प्रतिशतले गुमाए । रासस

सम्बन्धित समाचार

प्रदेश १ मा बिहिबार ६६ कोरोना संक्रमित थपिए, १८ डिस्चार्ज

विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

पूर्णता नपाउँदासम्म थारू आयोगका क्रियाकलापले गति लिन नसक्ने

काठमाडौं, २३ असार-थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारू आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति...

कालीगण्डकी नदीमा छाडियो ३१ हजार माछाका भुरा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सीमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१...

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा पपुलर...

‘लकडाउन’का बेला आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

‘लकडाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ बस्ने प्रदीप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा...

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्ने ३ विरुद्ध ‘अभद्र व्यवहार मुद्दा’

पोखरा, २२ असार-पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ । पोखराको मझुवामा शव व्यवस्थापनका क्रममा प्रहरीलाई आक्रमण गरी चेक पोस्टमा समेत तोडफोड...

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्