राजस्व कार्यालयले भेटेन लक्ष्य

 न्यूज विराट
राजस्व कार्यालयले भेटेन लक्ष्य

मोरङ, २५ कात्तिक-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोवारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

असोजसम्ममा आम्दानी करमा  १११ प्रतिशत र  मूल्यअभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ ।

सङ्कलित राजस्वमा आम्दानी कर रु ५४ करोड ८८ लाख, मूल्यअभिवृद्धि कर ५७ करोड १५ लाख ४७ हजार र अन्तःशुल्क ५१ करोड ६४ लाख ७८ लाख असुली भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार असोजमा आम्दानी करमा १२३ प्रतिशत, मूल्यअभिवृद्धि करमा १७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ ।

सो महिनामा  ६५ करोड ३० लाख ३१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ६३ करोड २१ लाख ९१ हजार राजस्व सङ्कलन गरी लक्ष्यमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताए । रासस

सम्बन्धित समाचार

आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बन्छौँः सभापति शेरचन

विराटनगर,१२ भदौ । नेपाली कांग्रेस(विपी)का केन्द्रीय सभापति शुशिलमान शेरचनले आफ्नो पार्टीलाई जनताले आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति शेरचनले पार्टीले संघीउ संसदको १६५ निर्वाचनमा उम्मेदवार उठाउने...

विराटनगरको मेयरमा उमेश यादवसहित तीन जनाको उम्मेदवारी

विराटनगर, ११ वैशाख । मनोनयन दर्ता सुरु भएको पहिलो दिन आइतबार विराटनगरमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सुरु भएको पहिलो दिन अहिलेका कुनै पनि ठुला दलले उम्मेदवारी दर्ता गराएनन् । साना...

न्यूरो अस्पतालमा एमडी र एमएसको पढाई सुरु

बिराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ ।अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी,...

गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...

ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको प्रथम विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रथम भएको...

संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय...

वैशाख ३१ गतेसम्म सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं, १४ वैशाख-सरकारले ३१ वैशाखसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखकाे राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराए...

तारा एअरको दुर्गमका सबै उडान ठप्प

काठमाडौं । खराब मौसमका कारण तारा एअरको दुर्गममा हुने सबै उडान ठप्प हुन पुगेको छ । काठमाडौंबाट लुक्ला र फाप्लुमा हुने सम्पूर्ण उडानहरु रद्ध गरिएको तारा एअरले जनाएको छ । त्यस्तै नेपालगञ्ज तथा सुर्खेतबाट हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्