मोरङमा १८ घण्टामा १० संक्रमितको मृत्यु

 न्यूज विराट
मोरङमा १८ घण्टामा १० संक्रमितको मृत्यु

मोरङ, २५ कात्तिक-मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । 

मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज पाँचजना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा दुई, न्यूरो कोभिड अस्पतालमा एक र होम आइसोलेसनमा दुई जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ-१० का ५७ वर्षीय सङ्क्रमित पुरुषको आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

सोही अस्पतालमा झापा गौरादह-५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि यही कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, झापाको हल्दिबारी-४ का ७० वर्षीय सङ्क्रमित पुरुषलाई यही कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा आज मृत्यु भएको छ भने उदयपुरको त्रियुगा-३ का २१ वर्षीय सङ्क्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको छ । मृतक युवालाई कोरोना पोजिटिभ आएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएका  प्रबन्धक दाहालले बताए ।

नोबेलमा मोरङको रतुवामाई नगरपालिका-९ का ७७ वर्षीय सङ्क्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएका थियो । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा सुनसरी इटहरी-५ का ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मृतकलाई  कात्तिक १३ गते पोजिटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, सोही केन्द्रमा विराटनगर-३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका लागि भर्ना गरिएकामा मृत्यु  भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ ।

मृतकलाईको यही कात्तिक २४ पोजिटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । विराटनगर-३ का ८९ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ ।

न्यूरो कोभिड अस्पताल विराटनगरमा मोरङको कटहरी-२ का ५० वर्षीय पुरुषको सोमबार राति  मृत्यु भएको छ ।मृतकलाई यही कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको  अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । मृतकहरूमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गौला र मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो ।

सम्बन्धित समाचार

बहुमतको नाममा संविधान र कानुनको हुर्मत लिने काम बन्द गरियोस : एमाले

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुहमत पु¥याउने नाममा संविधान र कानुनको हुर्मत लिने काम कसैले पनि गर्न नहुने बताएका छन् । सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले...

प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी...

प्रदेश १ का स्वास्थ्यकर्मीलाई निशुल्क सिमकार्ड वितरण गरिने

विराटनगर, वैशाख २–प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि ः शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध...

प्रदेश १ का बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते

विराटनगर, १ असोर ।हिजो १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा...

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश...

प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...

महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, भोली १ बजे शपथ लिने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार दिउँसो १ बजे लिने छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्