मलाई मत नदिने अमेरिकीका लागि पनि मेहनतसाथ काम गर्नेछु : बाइडेन

 न्यूज विराट
मलाई मत नदिने अमेरिकीका लागि पनि मेहनतसाथ काम गर्नेछु : बाइडेन

एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति बन्ने आश्वासन दिए ।

उनले आफू राष्ट्रपति निर्वाचित भइसकेपछि अब डेमोक्रेट राज्य र रिपब्लिकन राज्यका रुपमा नहेरी सिंगो अमेरिकालाई हेर्ने बताए । उनले सबै अमेरिकी जनताको भरोसा र विश्वास जित्ने कोशिस गर्ने पनि बताए ।

उनले आफूलाई मत नदिने मतदाताका लागि पनि उत्तिकै मेहनतका साथ काम गर्ने बताए । उनले आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने अफ्रिकी–अमेरिकी मतदातालाई विशेष धन्यवाद दिए ।

उनले आफ्नो पहिलो काम कोरोना भाइरसको महामारी नियन्त्रण गर्नु रहेको पनि बताएका छन् । उनले भने, ‘सोमबार म एक टिम घोषणा गर्नेछु, जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञले कोभिड प्लानबारे काम गर्नेछन् । यो योजना २१ जनवरी, २०२१ देखि लागू हुनेछ ।’

पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आफू पहिलो महिला उपराष्ट्रपति भएपनि अन्तिम नभएको बताइन् । उनले आफ्नो जितबाट देशभरका महिलामा असम्भव केही नरहेको सन्देश जाने बताइन् । उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएकी छन् ।

सम्बन्धित समाचार

आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २० साउन-आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको...

सुम्निमा स्कुलको क्याप्टेनमा सुशान्त र भाइस क्याप्टेनमा सृष्टि

विराटनगर । विराटनगर ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेको छ ।स्कुलमा अध्ययरत विद्यार्थीहरुले मतदान गरी स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेका हुन् । स्कुल क्याप्टेनमा सुशान्त...

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको वीमा गर्ने

विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

काठमाडौं, १ असार-कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह...

थप कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा नायाँ कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण...

नेकपा सचिवालय बैठकमा चर्काचर्की, ओली बाहिरिए

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठकमा चर्काचर्की भएको छ । चर्काचर्की भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन् । बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली शयनकक्षतर्फ लागेको...

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

कञ्चनपुर, ४ कात्तिक-हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्