प्रचण्डसहित ५ सचिवालय सदस्यले भोलि ९ बजे ओलीलाई भेट्ने

 न्यूज विराट
प्रचण्डसहित ५ सचिवालय सदस्यले भोलि ९ बजे ओलीलाई भेट्ने

काठमाडौं, २१ कात्तिक-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजेट प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो ।

प्रधानमन्त्री केपी ओलीले ९ बजेका लागि समय उपलब्ध गराएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि बताएका छन् । पार्टीभित्र चर्किदो विवादले ओली र प्रचण्डको संवाद तिक्ततापूर्ण बनेपछि सचिवालयका सदस्यले सामूहिक भेट चाहिरहेका थिए ।

प्रचण्ड र ओलीबीच हिजो भएको भेटमा पनि सामूहिक छलफल गर्ने अनौपचारिक सहमति भएको थियो । त्यतिबेला प्रचण्डले पहिला आफूले नेताहरूसँग छलफल गर्ने र त्यसपछि संयुक्त रूपमा आउने बताएका थिए । र अनौपचारिक रूपमा सचिवालयका सदस्यवीच छलफलका लागि धुम्बाराहीमा बस्ने जानकारी ओलीलाई पनि थियो । त्यसमाथि ओलीनिकट नेता सुवास नेम्वाङ आज बिहानै प्रचण्डनिवास खुमलटार पुगेका थिए । र, नेम्वाङलाई त्यतिबेलै जानकारी थियो, सचिवालयका सदस्यलाई धुम्बाराहीमा प्रचण्डले बोलाएका छन् । त्यसैले ओली समूहले आजको अनौपचारिक बैठकलाई गलत अर्थमा बुझ्न नहुने बताइरहेका छन् ।

सम्बन्धित समाचार

डाक्टर पंकजराजको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ पुस्तक बिमोचन

विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन...

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको छ : भारतीय विदेश सचिव

भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको  उद्घाटन गर्दै उनले...

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौं, १२ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण...

रासस प्रदेश कार्यालय भवन निर्माणका लागि १० लाख दिने घोषणा

विराटनगर, जेठ ९–विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं. १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् । वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म...

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

उद्योगीको माग : अर्थतन्त्र ‘कोमा’मा जान लाग्यो, कम्तीमा ब्याज मिनाहा गर

काठमाडौं, १ जेठ-नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै तत्काल राहतको कार्याक्रम ल्याउनको लागि सरकारसँग माग गरेको छ । महासंघले नेपालको अर्थतन्त्र 'कोमा'मा जाने स्थितिमा पुगेको भन्दै पुनरुद्वार र पुनरउत्थानका कार्यक्रम ल्याउन...

प्रदेश खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिव पर्शुराम बस्नेत हटाइए

विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्