कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

 न्यूज विराट
कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, १९ कात्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भनेका हुन् ।

मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गरेको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ । छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी थिए ।

परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्नेछ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो । रासस

सम्बन्धित समाचार

मोरङ व्यापार संघले गर्यो उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव निरौलासँग छलफल

विराटनगर । उद्योगी व्यवसायीहरुको समस्या समाधानका सन्दर्भमा मोरङ व्यापार संघले छलफल गरेको छ । आइतबार मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलासँग...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

विराटनगर, बैशाख २१-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक...

भरतपुर अस्पतालमा संक्रमित र अन्यको बाटाे अलग

चितवन, १ असार-सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वारा र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ...

विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् । बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक...

के हो ‘स्ट्रोक’ ?

डा. पंकजराज नेपाल वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक आर्या न्यूरो हस्पिटल विराटनगरएक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त...

मोरङको नयाँ कारागार संचालन, क्षमता ६१७ पुग्यो

विराटनगर । मोरङ जिल्लामा नयाँ कारागार भवन उद्घाटन गरिएको छ । करिब ३६ करोड १२ लाख ८५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन गृहमन्त्री रमेश लेखकले मंगलबार एक कार्यक्रमबीच गरेका हुन् ।...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्