कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

 न्यूज विराट
कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १० वर्षदेखि पीडित थिइन् ।

दसैंमा गृहजिल्ला रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको तत्कालिन सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

मल्लका अनुसार नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। अवस्था गम्भीर भएपछि गत कात्तिक १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । महराका दुई छोरा र दुई छोरी रहेका छन्। कृष्णबहादुर महरासँग सीताको उनको २०३५ सालमा विवाह भएको थियो।

सम्बन्धित समाचार

१६ डिआइजीको सरूवा, कोशीमा चन्द्रकुवेर खापुङ

विराटनगर । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरूवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको...

५ वटा जिल्ला कोरोना फ्रि, ६ वटामा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, २५ असार-नेपालका ५ वटा जिल्ला करोना फ्रि भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोना फ्रि जिल्ला भएको बताए । यी जिल्लामा कोरोना...

हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । उसले बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४...

खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो । ‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा...

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय

काठमाडौं २९ भदौ-सरकारले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको...

महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सिरहालाई ५ विकेटले...

नेपाली नागरिकको भारतमा गोली हानी हत्या

जनकपुर, फागुन १–भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका– १०, खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै...

वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

जनकपुरधाम, ९ साउन-वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्