भुक्तानी दाबी गरेका बिमितले एक साताभित्र रकम पाउने

 न्यूज विराट
भुक्तानी दाबी गरेका बिमितले एक साताभित्र रकम पाउने

काठमाडौं, १८ कात्तिक-बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरूको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने भएका छन् । 

अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा आज भएको बैठकले बीमा रकम भुक्तानीसम्बन्धी समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

कोरोना बीमाको दावी भुक्तानीका सन्दर्भमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन ‘हटलाइन’ टेलिफोनसहितको  सहयोग कक्ष (हेल्प डेक्स) सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ । त्यस अवसरमा मन्त्री पौडेलले बिमितले बिमाङ्क रकम दाबी  गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेलगायत सहभागी थिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा शंकास्पद १० हजार बढीको परीक्षण गर्ने तयारी

विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...

विपन्नलाई राहत वितरण

विराटनगर, चैत १९–विराटनगर वडा नं. १७ रानी स्थित इस्लामपुरको धुनिया वस्तीमा लक डाउनका कारण जिवन यापनमा समस्यामा परेका परिवालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘बर्न टु हेल्प सोसाइटी’...

कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वानका लागि दबाब दिने

काठमाडौं, १४ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेतासमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न...

मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत शनिबार

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७र४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख...

उत्तर कोरियामा पनि कोरोना भाइरस

एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ । यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको...

सकियो वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर ११ लाई उपाधि

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगर १२ नं.वडालाई ६– ३ गोलले हराउँदै विराटनगर ११ ले उपाधि जितेको...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्