निगमले लागू गर्‍यो नयाँ सफ्वेयर

 न्यूज विराट
निगमले लागू गर्‍यो नयाँ सफ्वेयर

काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । 

निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन-एफपी) लागू गरेको हो ।

एन-एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटाम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसनलगायतका बहुउपयोगी विशेषताहरु रहेको निगमले जनाएको छ । समयानुकूल निगमको सेवालाई आधुनिकीकरण गर्न सो सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउने निगमको विश्वास छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकूल सुधार गर्न र व्यावसायिक सफलताका लागि नयाँ प्रविधि भित्र्याइएको कम्पनीले उल्लेख गरेको छ ।

गत असोजको तेस्रो साता निगमको महाप्रवन्धकको जिम्मेवारीमा आएका डिमप्रसाद पौडेलले निगमको विद्यमान अवस्था सुधारका साथै निगमलाई आधुनिक प्रविधिमैत्री बनाई प्रतिस्पर्धी सेवाको रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न प्रक्रिया सुरु गरेका छन् ।

पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका छ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत १५ साउनदेखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो ।

पछिल्लोपटक गत ६ कात्तिकमा महाप्रबन्धक पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका थिए । सो निर्देशनमा निगमभित्र अनुशासनका आधारभूत नियम कडाइका साथ पालना गर्न निर्देशित गरिएको छ ।

सुशासन प्रवद्र्धन, पारदर्शिता, कर्मचारीको कार्यालय समय व्यवस्थापन, हाजिरी आदि विषयलाई सुधारको प्रक्रियामा लगिने उल्लेख छ । हरेक महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखले मासिक प्रगति विवरण अनिवार्य रुपमा पठाउनुपर्ने, निगमको प्रवक्ता र सहप्रवक्ताको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी गराउनुपर्ने उल्लेख छ ।

निगमसँग हाल आन्तरिक उडानमा दुई थान मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तव्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस 

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी...

जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा...

गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी...

अध्यादेश फिर्ता हुँदैमा अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न : कांग्रेस

अध्यादेश फिर्ता हुँदैमा अध्यादेशबाट प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको 'अपहरणको...

हिमालय दर्शन कलेजको पुल पार्टी, विद्यार्थीले गरे रमाईलो

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १३ संक्रमिात थपिए, २८ जना डिस्चार्ज

विराटनगर, ५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलोक्सी भिड्ने भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्