
प्रदेश १ को बजेट अधिवेशनका जेठ २४ गतेदेखि
विराटनगर, २० जेठ । प्रदेश १ को बजेट अधिवेशन २४ जेठदेखि सुरु हुने भएको छ । बिहिबार बसेको मन्त्री परिषद बैठकले २४ जेठ दुई बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आव्हान का लागि प्रदेश प्रमुख सोमनाथ...
एजेन्सी, १८ कात्तिक-दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।
शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । दिल्लीको जितमा अजिन्क्या रहाने र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाने ६० रनमा आउट भए भने धवनले ५४ रन बनाए ।
यस्तै कप्तान श्रेयस अय्यरले ७, पृथ्वी शाले ९ रन जोडे भने मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने लगातार १४ औं खेलमा बेन्चमा सीमित भएका छन् । बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए भने वासिङ्गटन सुन्दर र मोहमद सिराजले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे । एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए ।
यस्तै शिवम दुवेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।
जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बैंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो ।
बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । बैंगलोर ४ वर्षपछि पहिलो पटक प्ले अफमा पुगेको हो । अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ ।
क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ । मुम्बईले जीत निकालेमा कोलकाता प्ले अफ पुग्ने छ । हैदराबादले जीत निकालेमा कोलकाता प्ले अफबाट बाहिरिनेछ ।
विराटनगर, २० जेठ । प्रदेश १ को बजेट अधिवेशन २४ जेठदेखि सुरु हुने भएको छ । बिहिबार बसेको मन्त्री परिषद बैठकले २४ जेठ दुई बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आव्हान का लागि प्रदेश प्रमुख सोमनाथ...
विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ । नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष...
काठमाडौं, १५ असोज-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ साल १ कात्तिक शनिबारदेखि नेपालीको महान् चाड बडा दसैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने...
विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...
विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...
सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् । सिरहामा कोरोना...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नलि नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो । विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.