कोरोना संक्रमणको अवस्था अनुसार कामः मन्त्री घिमिरे

 न्यूज विराट
कोरोना संक्रमणको अवस्था अनुसार कामः मन्त्री घिमिरे

विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए ।

विराटनगरमा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साँझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण सुरु गरिएको दावी गरे । मन्त्री घिमिरेले संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको बताए ।

उनले निजी क्षेत्रसँगको साँझेदारीमा अक्सिजन सहितको १ सय वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवा सहितको थप १ सय वेड निर्माणको काम भइरहेको जानकारी दिए । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिने बताउँदै मन्त्री घिमिरेले निर्माण कार्य धमाधम भईरहेकाले चाँडै सञ्चालन गरिने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निजी क्षेत्रबाट काम सुरु गर्दा छिटो हुने बताए । उनले अक्सिजन सहितको वेड तत्काल आवस्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले निजी क्षेत्रसँगको साँझेदारीमा काम सुरु गरिएको उनले बताए ।

उनले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे । नागरिक केयर सेन्टरका संयोजक एवम् उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको वेड सञ्चालनका लागि काम भइरहेको बताए । सरकारले थप वेडको आवस्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौंं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेस भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा...

करका दर घटाउने सकारको निर्णय

काठमाडौं, १५ असोज-सकारले करका दर घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफ १ बमोजिम करका दर घटाउने निर्णय भएको बताए...

प्रदेश १ मा एक दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज 

विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको  संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...

थप १५७० मा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार १ सय ४६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...

बाबा उद्योगमा मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सानापुरमा रहेको बाबा उद्योगमा क्या रिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना सवारी चालक धरौटी रकम बुझाएर रिहा भएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद...

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...

विराट एक्स्पो चार दिन थपियो, आइतबारसम्म सञ्चालन हुने

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ । एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्