राशिफल

थप १५७० मा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

 न्यूज विराट
थप १५७० मा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार १ सय ४६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार ११ हजार ३ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये ७ हजार ८ सय ७४ जनाको पीसीआर र ३ हजार ४ सय ९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ८ सय २७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हाल मुलुकमा ४० हजार १ सय ११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल १ सय ३७ जना क्वारिन्टिनमा छन् ।

सोमबार १ लाख ७८ हजार ५ सय ७९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...