विराटनगर, १० कात्तिक–प्रदेश १ मा सोमबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मोरङका १ महिला १ पुरुष, सुनसरीका १ महिला २ पुरुषको मृत्यु भएको हो । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका रहेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ९७ महिला र १ सय ४० पुरुष रहेकाम छन् । सुनसरीमा १ सय ८७, झापामा ३१, मोरङमा ८, इलाममा ८, र प्रदेश १ बाहिरका ३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।
सोमबार सवैभन्दा धेरै सुनसरीको धरान उपमहानरपालिकाका ७४ महिला र १ सय ५ पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । इटहरीमा ४ महिला, ४ पुरुष, झापाको गौरीगञ्ज गाउँपालिकामा ७ पुरुष, विर्तामोड नगरपालिकामा ५ महिला ६ पुरुष, भद्रपुरमा १ महिला, गौरादहमा १ महिला १ पुरुष, हल्दिबारीमा १ पुरुष र कन्काईमा ४ महिला ५ पुरुषको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।
मोरङको विराटनगरमा १ महिला १ पुरुष, उर्लाबारीमा १ महिला ३ पुरुष, पथरी शनिश्चरेमा १ महिला र बेलबारीम १ पुरुष, इलामको इलाममा ३ पुरुष, रोङमा २ महिला २ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५१ पुगेको छ । जसमध्ये ६ हजार ८९ महिला र ११ हजार ५ सय ६२ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबार एकैदिन कोरोना भाइरसको संक्रमण मुक्त भएर ५ सय २७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार झापाका १० महिला १९ पुरुष, मोरङका १ सय ६ महिला १ सय ९७ पुरुष, सुनसरीका ६७ महिला ९५ पुरुष, धनकुटाका १ पुरुष, भोजपुरका २ पुरुष, खोटाङका १ पुरुष, उदयपुरका २ महिला ३ पुरुष, संखुवासभाकी १ महिला, इलामका १ महिला १ पुरुष, ताप्लेजुङका १ महिला १ पुरुष र प्रदेश १ बाहिरका ५ महिला १४ पुरुष संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज भएकासँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ६ सय ४३ पुगेको छ ।
चाडपर्व सुरु भएसँगै प्रदेश १ मा कोरोना परिक्षण दर घटेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८१ जनाको मात्र कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये ३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश हालसम्म १ लाख ५५ हजार १ सय २१ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।