कोरोनामा दसैं प्रभावः पीसीआर स्वाट्टै घट्यो, नयाँ संक्रमित १७४१

 न्यूज विराट
कोरोनामा दसैं प्रभावः पीसीआर स्वाट्टै घट्यो, नयाँ संक्रमित १७४१

काठमाडौं, १० कात्तिक-कोरोना महामारीका बीच सुरु भएको दसैंका कारण पीसीआर परीक्षण पनि स्वाट्टै घटेको छ । दैनिक १५ हजार हाराहारीमा हुँदै गएको पीसीआर परीक्षण बितेको २४ घण्टामा ५ हजार ६ जनामा सीमित भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकामा ८ सय ९४ जना संक्रमित भएका छन् । काठमाडौंमा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ४६ जना संक्रमित भए । नेपालमा अहिलेसम्म १ लाख ५९ हजार ८ सय ३० वटा पोजेटिभ केस भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४००५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११५६७५ रहेको छ ।  संक्रमितमध्ये ७२.४ प्रतिशत निको भएका छन् ।

देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

सम्बन्धित समाचार

विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

विराटनगर, साउन २१–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् । महानगरपालिकाले बैंक...

प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

विराटनगर, १८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा...

प्रदेश १ मा १९ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन–प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा...

माग पूरा गर्ने प्रतिवद्धतापछि पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे अनसन

विराटनगर । माग पूरा गर्ने सरकारी प्रतिबद्धता पछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता...

प्रहरी प्रधान कार्यालयमा ३५ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, १४ साउन-काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ का ३ घरमा पहिरोले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा ३ घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई...

प्रदेश १ मा ८८८ संक्रमित थपिए, २५७ जना संक्रमण मुक्त

विराटनगर, ८ जेठ । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र...

सरकारले संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन दिँदैन : डा. खतिवडा

काठमाडौं, २२ साउन-अर्थ, सञ्चार तथा सूचना प्रविधिमत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको...

ग्रेडेड स्कुलमा परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर ८मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा दितिय त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला ,हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ। विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्