बीपीमा थप दुई संक्रमितको मृत्यु

 न्यूज विराट
बीपीमा थप दुई संक्रमितको मृत्यु

विराटनगर,  १० कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका एक पुरुष र सुनसरी धरानका एक महिला रहेका छन् । मोरङका पुरुषको आइतबार साँझ र धरानकी महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  

धरान- १६ का ८६ वर्षीया महिलाको सोमबार विहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । आइतबार कोरोना पोजिटिभ देखिएकी ती महिलालाई सोमबार बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै,  गएराति १० बजे मोरङको पथरीशनिश्चरे- ३ का ६३ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

१ कात्तिकमा कोरोना पोजिटिभ देखिएका उनलाई ४ कात्तिकमा प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतक पुरुष मधुमेहका दिर्घरोगी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

टिचिङ अस्पतालमा २ डाक्टरलाई कोरोना, आकस्मिक कक्ष सिल

काठमाडौं, २९ साउन-टिचिङ अस्पताल महाराजगन्जका २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ डाक्टरलाई कोरोना पुष्टि भएको हो ।  अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलका अननुसार २ डाक्टरलाई कोरोना...

चोरीको एक गाडी तार विराटनगरबाट बरामद

विराटनगर । विराटनगरको एउटा कवाडी पसलबाट चोरीको एक गाडी तार प्रहरीले बरामद गरेको छ । विराटनगर – ११ टुनटुन शर्माको कवाडी पसलबाट प्रहरीले एक मिनी ट्रक चोरीको तार प्रहरीले बरामद गरेको हो । विद्युतमा प्रयोग...

भाडादर नटाँस्ने सार्वजनिक सवारीलाई कारबाही गरिने

काठमाडौं, १५ कात्तिक-महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने भएको छ । हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४ सय २९ वटा सवारी साधनहरूमा...

संक्रमणबाट निको हुने दर ७६.९ प्रतिशत

काठमाडौं, १५ कात्तिक-पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।...

तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलोक्सी भिड्ने भएका...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं, जेठ २३-रुकुम घटनाको विशेष समिति बनाएर छानबिन गरिने भएको छ । रुकुम घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले संसदीय समिति बनाउने आश्वासन दिएका हुन् । उनले संसदमा रहेका दलहरूसँग परामर्श...

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्