मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

 न्यूज विराट
मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ ।

मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने चलन रहेको छ । यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटोको प्रतिमा बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ ।

भगवती दुर्गा नौ दिनसम्म माइती  आउने र  दशमीका दिन विदा भई ससुराली जाने गर्छिन् भन्ने मान्यता मिथिला, बङ्गाल र आसाममामा रहेको पाइन्छ । यसकारण माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई विदाइ (विसर्जन) गरिने चलन रहेको छ ।

मिथिला क्षेत्र तन्त्र, मन्त्र, टुनामुना, साधना आदिका लागि पनि विख्यात रहेको छ । यस  शारदीय नवरात्रको अवधिमा तन्त्र, मन्त्र, टुनामुना र साधनाका क्षेत्रमा उन्मुख हुन चाहने जिज्ञासुका लागि प्रशस्त मानिन्छ । मैथिली भाषामा यस विद्यालाई गुनमन्तर सीखब (मन्त्र सिक्ने) भनिन्छ ।

यस्तै, अकाल मत्यु भएका तथा मोक्ष प्राप्ति गरिनसकेका आत्माहरू डुलिरहने तथा तिनीहरूले समाजमा दुःख दिन मान्यता रहेअनुसार तिनीहरूको प्रकोपबाट रक्षाका लागि ढोल बजाइने परम्परा पनि रहेको छ । यसरी ढोल बजाइनुलाई डगहर देव भनिन्छ । यसबाट दुष्टात्माको प्रकोप समाजमा नपर्ने मान्यता रहेको पाइन्छ ।

दशमीका दिन दशओटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभ कार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहूर्त विचार गरिरहनु नपर्ने भनिन्छ । यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजमानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने प्रचलन रहेको छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिले नै ठम्याएर राखिने गरिन्छ । यात्राका दिन आस्थावानहरू कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि रहेको छ ।

यस्तै भगवान् रामले दुर्गा भगवतीको आराधना गरी दशमीकै दिन रावण बध गर्न सफल भएकाले यस दिनलाई विजया दशमी पनि भनिएको मान्यताअनुसार प्रतीकात्मक रावण बध गर्ने चलन रहेको छ । रासस 

सम्बन्धित समाचार

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र...

देशभर कोरोनाबाट १८७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार...

कोशीको शिलप्याक सिलिन्डरमा छैन ग्यास, उद्योगलाई दुई लाख जरिवाना

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...

विराटनगरमा युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, ३० जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई हातमुख जोड्न समस्या भएको अवस्थामा रहेकाहरुलाई शनिबार विराटनगरमा खाद्यान्न वितरण गरिएको छ । युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर –११...

वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम,   ७ भदौ-कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि...

विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने, १८ मोडल ¥याम्पमा उत्रिने

विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्ने भएको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन...

फोनेशन इन्टरनेशलको शाखा कार्यालय विराटनगरमा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा फोनेशन इन्टरनेशल कन्सलटेन्सी संचालनमा आएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा ९ औं शाखाको रूपमा विराटनगरमा फोनेशनल इन्टरनेशनल कन्सलटेन्सी संचालनमा ल्याएको हो । फोनेशन इन्टरनेशलको केन्द्रीय कार्यालय...

इजरायलमा राजेशको शव, शोकमा सुनसरीको मधुवन

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ पट्वारीका २३ वर्षिय राजेश कुमार स्वर्णकारको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ । गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी राजेशसहित १० जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्