सिँचाइका लागि बनाएको पोखरीमा डुबेर वृद्धको मृत्यु

 न्यूज विराट
सिँचाइका लागि बनाएको पोखरीमा डुबेर वृद्धको मृत्यु

इलाम, १० कात्तिक-इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका- ३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेका छन् । गए राति घरबाट निस्किएका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए ।

घर नजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि इलाम अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्पार्क हस्पिटलको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर, १ सय बढी विरामीले गरे परीक्षण

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले सातौँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान र स्वास्थ्य शविर आयोजना गरेको छ । हस्पिटल परिसरमा आइतबार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य...

धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...

ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, ६ साउन । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका...

प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गयो

विराटनगर, १२ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो। प्रदेश १...

विराट एक्स्पो २०७६ सुरु, अर्थमन्त्री खतिवडाले गरे उद्घाटन

विराटनगर, फागुन २–विराटनगरमा शुक्रबारदेखी विराट एक्स्पो (अन्तराष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) सुरु भएको छ । एक्स्पोको केहीवेर अघि अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न...

मौसमा सुधार आउन केही दिन लाग्ने

काठमाडौं, ११ वैशाख-पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेको...

सिके राउत नेतृत्वको पार्टीका नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग

सिरहा, २४ असार-डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै...

जलवायु अनुकुलित कृषिका लागि तालिम

विराटनगर । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परी चुनौती खेपिरहनु परेको वर्तमान सन्दर्भमा जलवायु अनुकुलित कृषिका लागि भू–समयखण्ड (जियोस्पासियल) प्रविधिहरुको एकीकृत प्रयोगका विषयमा चार दिवसीय तालिम सम्पन्न भएको छ ।तालिमको उद्घाटन गर्दै परम्परागत कृषि प्रणालीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्