आज विजयादशमी

 न्यूज विराट
आज विजयादशमी

काठमाडौं,  १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद् प्रा.डा.गौतमले भने ।

आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।

सम्बन्धित समाचार

ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा...

नवनियुक्त तीन मन्त्रीले पनि लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन सदस्य मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्य मन्त्रीमण्डल वितरण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्री पदको शपथ लिएका छन्...

सत्तारुढ गठबन्धनले उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा...

देउवा पक्षबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापाको उम्मेदवारी घोषणा

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...

जेभियर्स स्कुलमा विद्यार्थीको नँया नेतृत्व चयन

विराटनगर । बुढीगङ्गा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कुलमा शैक्षिक सत्र २०८१ का लागि विद्यार्थीको नँया नेतृत्व चयन भएको छ । कक्षा १० मा अध्ययनरत छात्रा अन्जली दास यस वर्ष विद्यालयको क्याप्टेन निर्वाचित भएकी छिन...

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा

एजेन्सी, जेठ १७-अमेरिकाले कोरोना भाइरसको महामारीबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ पूर्ण रुपमा चीनको इशारामा चलेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्...

भारतका केन्द्रीय रेल राज्य मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी, ८ असोज-भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणका कारण मृत्यु भएको छ । उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११...

प्रदेश १ का तीन जिल्लाबाट सडकआश्रित दुई सय ५३ जनाको उद्धार

विराटनगर, ११ पुस-प्रदेश १ को तीन जिल्लाबाट २ सय ५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । पुस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्