नवरात्रको सातौँ दिन कालरात्रिको पूजा आराधना गरिँदै

 न्यूज विराट
नवरात्रको सातौँ दिन कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौं,  ७ कात्तिक-नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

नवरात्रको पहिलो दिन १ कात्तिकमा दसैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघण्टा देवी, चौथो दिन कुष्माण्डा देवी, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यसवर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ ।

सम्बन्धित समाचार

बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...

विराटनगरस्थित भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

विराटनगर, २८ असार । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान...

अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शनिबार कलेज परिसरमा अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको छ ।मोरङ र सुनसरीका १५ वटा कलेजका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका छन् ।कलेज प्रमुख भरत सापकोटाका अनुसार...

घरमा प्रयोग गरिएको काठको बिलबिजक खोज्नुपर्ने वन पैदावार व्यवसायीको माग

बेलबारी । काठ सहितको वन पैदावारको व्यवसाय गर्दै आएका व्यवसायीहरूले अवैध रूपमा हुने काठको कारोबार नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ कोशी प्रदेशमा आबद्ध व्यवसायीहरूले यस्तो माग गरेका हुन्। महासंघले सो...

मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको...

विराटनगरमा २५ वर्षीया युवतिमाथि सामूहिक बलत्कार, ट्रक चालकसहित तीन जना पक्राउ

विराटनगर । विराटनगरमा २५ वर्षीया एक जना किशोरीलाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र...

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्