यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का निर्णय

 न्यूज विराट
यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ६ कात्तिक-सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रूपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ ।  विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी उक्त सहयोग स्वीकार गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

बिहीबार मन्त्रालयमा ४ कात्तिक बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहयोग स्वीकृत गरिएको बताए ।

बैठकले नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगमा नेपाली जनशक्ति र श्रमिकबाट सम्भव नभएका काममा विदेशी श्रमिक ल्याउने सम्बन्धमा निश्चित मापदण्ड पूरा गरेर विदेशी श्रमिक ल्याउन अनुमति दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।

त्यस्तै, कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गरिएकाे छ । यस्तै, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशिष गजुरेललाई नियुक्त गर्ने पनि मन्त्रिपरिषद्ले  निर्णय  गरेको छ । विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोकिएकाे छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेललाई तोक्ने निर्णय समेत गरिएकाे छ ।

त्यस्तै, मन्त्रिपरिषद्ले भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी ऐन, २०७७को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश मोहम्द जुनैद आजादलाई तोकेको छ ।

बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश प्रेमराज कार्की, सदस्यहरूमा अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेलाई पनि नियुक्त गरेको छ ।

त्यस्तै, राजस्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश विनेद शर्मा, राजस्व न्यायाधीकरण विराटनगरको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारू र राजस्व न्यायाधीकरण नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश केशवराज जोशीलाई ताेकिएकाे छ ।

यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठनको विधान ‘इन्सट्रुमेन्ट फर द एमेन्डमेन्ट अफ तजभ कन्स्टिच्युसन अफ द इन्टरनेशनल लेबर अर्गनाइजेसन १९८६’ अनुमोदका लागि संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

सम्बन्धित समाचार

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

एजेन्सी, साउन २३-भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५ सय ३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५...

नोबलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...

६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न

विराटनगर, चैत १९ – "मर्यादित सहकारीः समुन्नत समाज" नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न भएको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको...

लकडाउनबाट समस्यामा परेका परिवारलाई नेकपाको साढे ८ लाख सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलका नगर कमिटीले विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरका लागि साढे ८ लाख रुपैयाँ सहयाेगस्वरूप उपलब्ध गराएको छ । लकडाउन लम्बिरहँदा समस्या परेका विपन्न नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री दिलाउन नेकपाले...

विराटनगर ट्रक व्यवसायी संघमा विवाद, गणपूरक संख्या नपुगेपछि अधिवेशन स्थगित

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ।शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा भएको साधारणसभामा कुल सदस्य संख्या २५१...

तेस्रो संस्करणको मिल्स गोल्डकप फागुन २७ गतेबाट, बिजेतालाई २ लाख ११ हजार

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।फागुन २७ देखि चैत ४ गतेसम्म विराटनगरस्थित जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप हुने भएको हो । प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक...

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन् । विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन् । अअध्यक्ष थापालाई आइतवार...

विश्व वातावरण दिवसको अवसरमा ५ सय कागतीका बिरुवा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा ५०० कागतीका बिरुवा वितरण गरेको छ । क्लबले सहयोग गर्दै आएको बुध नगरस्थित शिव आधारभुत विद्यालय, आरसीसी जनता बाल विद्यालयमा सबै विद्यार्थीहरूलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्