प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

 न्यूज विराट
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १÷१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २ सय १४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १ सय ४० पुरुष रहेका छन् ।

मोरङको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९÷९, मोरङको रंगेली र बुढीगंगामा ७÷७, पथरीशनिश्चरे र लेटाङमा ५÷५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३÷३, धनपालथान र ग्रामथानमा १÷१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा १ सय ३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३÷३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १÷१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा ३४, विर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २÷२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १÷१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १÷१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ सय ९७, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६ सय २५ पुगेको छ ।

प्रदेश १ मा बिहिबार १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ९७ महिला र ४ सय ४० पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । हालसम्म १ लाख ५१ हजार ६ सय ५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भोलिदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौं, २४ जेठ-सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन...

स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

काठमाडौं,  ३१ भदौ-पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा...

एक महिनापछि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

काठमाडौं,  २८ भदौ-अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ ।  विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत २६ साउनमा बन्द भएको सेवा आजदेखि सुरु भएको हो...

धँखल वंशावलीद्धारा ज्येष्ठ सदस्यलाई सम्मान

विराटनगर । धँखल वंशावली सेवा समितिले परिवारका दुई जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । धंखल वंशावली सेवा समितिको १६ औं वार्षिक भेलामा एक कार्यक्रम आयोजना गरी चन्द्रा श्रेष्ठ र हरीनरसिंह श्रेष्ठ धँखललाई सम्मान गरेको...

संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन: उपेन्द्र यादव

जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...

कांग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि

नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...

विराटनगरमा कोरोना संक्रमितको संख्या ९४४ पुग्यो

विराटनगर, १२ भदौ-प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोराना संक्रमितको संख्या ९ सय ४४ पुगेको छ । विराटनगर महानगरपालिकाका अनुसार शुक्रबार सम्म विराटनगरमा कुल कोरोना संक्रमितको संख्या ९ सय ४४ पुगेको हो । जसमध्ये ३८७...

इटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

विराटनगर, ९ असोज । सुनसरीको  इटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्