विराटनगर महानगरको पहलमा म्याक्स हस्पिटलमा ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा

 न्यूज विराट
विराटनगर महानगरको पहलमा म्याक्स हस्पिटलमा ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ४ कात्तिक–विराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चौकमा आजदेखि ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर माहानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक सहमती कायम भई अस्पताल सञ्चालन शुरु गरिएको छ।

सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेर तथा १२ शैयाको(सघन उपचार कक्ष (आईसियु) र अक्सिजन सहित ५० शैय्याको कोभिड अस्पताल शुरु गरेको हो । सेन्टरले १२÷१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङक्रमित विरामीका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताए ।

महानगरपालिकाको तीन थान एम्वुलेन्स र सेन्टरको अक्सिजन सहित एक थान एम्वेलेन्सले कोभिड संक्रमित विरामीलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ । सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकाले संक्रमितको उपचारका लागि कुनै कमि हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलव्ध गराउने बताए ।

उहाँले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० शैय्या लगायत अन्य एक स्थानमा अस्क्सिजन सहितको १०० शैय्याको कोभिड आइशोलन सञ्चालनमा ल्याउन लागि रहेकोसमेत जानकारी दिए । महानगरपालिको कोरोना संक्र्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थान गर्नुका साथै विराटनगर–१९,बैजनाथपुर, मारवाडी सेवा सेदन, जैन भवन, काली सेवा सदन लगायतमा आइशोलसन सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

मुटु दिवसमा न्यूरो हस्पिटलको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबा रविराटनगरमा गु्रप...

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा सरकारद्धारा खेद व्यक्त

काठमाडौं, २७ वैशाख-नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न पराष्ट्र मन्त्रालय भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा भबेस

विराटनगर । लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा श्याम लाल पौडेल (भवेस) चयन भएका छन् । पौडेल वर्ष २०२४–०२५ को लागि अध्यक्षमा चयन भएका हुन् ।यसैगरी क्लबका प्रथम उपाध्यक्ष शर्वण कान्त दाहाल, द्धितीय उपाधयक्षमा पंकज कर्ण,...

स्वास्थ्य सेवा विभागलाई खारेज गरिने

काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने  घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...

सुनसरी प्रहरीको डिएसपी नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह...

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्