आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

 न्यूज विराट
आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,  ३ कात्तिक-दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा पूजा गरिँदै छ।  अन्य वर्षहरूमा यस दिन दर्शनार्थीहरूको भीड लाग्ने भएपनि यसवर्ष कोरोना महामारीका कारणा सुनसान छ ।

राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा भइरहेको छ । यसैगरी धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा  पनि पूजा गरिँदै छ ।

सम्बन्धित समाचार

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

काठमाडौं, ४ मंसिर-नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सात वटा भेन्टिलेटर सहयोग गरेको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोगस्वरूप उपलब्ध गराएको हो...

गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो

पोखरा, २३ जेठ-गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो । ३९ र ४० वर्षका २ जना...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले...

काँकडभिट्टा गइरहेको बस दुर्घटना, २० जना घाइते

काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले...

विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

एजेन्सी, ३१ भदोै । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि...

मोरङको धनपालथानमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, ११ पुस । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको...

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...

ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्