विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

 न्यूज विराट
विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर १६ भट्टीमोडका ३्र७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मञ्जित साह र विराटनगर १५ जानकी मन्दिर छेउका २८ वर्षीय अपजर अली रहेका छन् ।

पुरुषेत्तम साहको घरमा मोबाईल फोनमार्फत आइपिएलको सट्टाबाजी भइरहेको विशेष सूचना आएपछि पुगेको प्रहरीले उनीहरुलाई आइतबार राती ११.३० बजे पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले साहको साथबाट सट्टाबाजी खेलाउन लिएको २८ हजार ५ सय रुपैयाँ पनि बरामद गरेको मोरङ प्ररीले जनाएको छ । प्रहरीले सट्टाबाजी खेलाउन प्रयोग हुने मोवाइल, ३ थान डायरी र को १८ प ६८८९ नं. को मोटरसाइकलमसमेत बरामद गरेको छ ।

प्रहरीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरु गर्ने जनाएको छ । सेप्टेम्बर १९ देखि सुरु भएको आईपीएलको १३ औं संस्करणमा ८ टिम सहभागी छन् । अन्तिम खेल १० नोभेम्बरमा हुनेछ । आईपिएल खेल सुरु भएसँगै विराटनगरलगायत सीमावर्ती क्षेत्रमा लुकिछिपि सट्टाबाजी खेलाउन क्रम बढेको छ ।

सम्बन्धित समाचार

प्रचण्ड–माधव समुहक बिद्यार्थी भेला : नेताहरुले दिए पार्टी बिभाजनकै पक्षमा यस्तो प्रशिक्षण

काठमाडौं, १९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा प्रशिक्षण कार्यक्रमले तीब्रता पाउन थालेको छ । पार्टी बिभाजन हुने लगभग निश्चित रहेको आन्तरिक सर्कुलर पठाएर देशब्यापी तयारी थालेको अध्यक्ष पुष्पकमल...

ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच 'भोलि फेरि भेट गर्ने सहमति' जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २...

मिसेस कोशीको फाइनलमा १७ जना छनौट

विराटनगर । चौथो संस्करणको मिसेस कोशीको फाइनलमा १७ जना छनौट भएका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा हुँदै गरेको मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगिहरुबाट प्रारम्भीक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बहिरीएका हुन्...

क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...

विश्वध्वजासहित ३ वटै लिङ्गो उठेन

भक्तपुर, ३० चैत-बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा...

दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्