मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए

 न्यूज विराट
मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए

विराटनगर २ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा दुई सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एक÷एक र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक सय ५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र एक सय ४ पुरुष छन् । मोरङको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा सात, ग्रामथानमा छ, कानेपोखरीमा पाँच, लेटाङमा चार, धनपालथानमा दुई, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा एक÷एक र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ५७, इनरुवामा नौ, रामधुनीमा सात, दुहवीमा पाँच, धरानमा चार, बर्जु र गढीमा दुई÷दुई, हरिनगर, बराहक्षेत्र, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका तीन जनाको रिपोर्ट पोजेटिभ आएको विकास मनत्रालयले जनाएको छ ।

उता झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा नौ, गौरादह र अर्जुनधारामा दुई÷दुई, कमल, झापा गाउँपालिका र बाह्रदशीमा एक÷एक, उदयपुरको कटारी र त्रियुगामा १३÷१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा एक÷एक, इलामको इलाममा चार, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा एक÷एक, संखुवासभाको चैनपुर र मकालु दुई÷द्ई, खाँदबारीमा एक, भोजपुरको अरुण र भोजपुरमा एक÷एक, धनकुटाको छथरमा एक, तेह्रथुमको लाली गुराँसमा एक, पाँचथरको फिदिममा एक र ओखलढुङ्गाको मानेभन्ज्याङमा एक१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार छ सय ५६ पुगेको छ ।

प्रदेश १ मा आइतबार १५ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट सात, मेची अस्पतालबाट सात र होम आईसोलेसनबाट एक जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या पाँच हजार पाँच सय ७५ पुगेको छ ।

प्रदेश १ मा आइतबार एक हजार चार सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ४९ महिला र तीन सय २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन-सिन्धुपाल्चोकको जुगल- २, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाले ११ जनाको शव झिकिएको बताए । शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर, २६ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

पाँचौ मिल्स गोल्डकपको सेमिफाइनलको समिकरण पूरा, आयोजकलाई हराउँदै लेटाङ्ग अन्तिम चारमा

विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी...

एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका...

रतुवामाईमा युवा संघको उदाहरणीय काम, अति विपन्न घरमा जोडिदियो बिजुली

विराटनगर, जेठ ६–मोरङको रतुवामाई नगरपालिकाका अति विपन्न ४ परिवारको घरमा राष्ट्रिय युवा संघले बिजुली जडान गरिदिएको छ । मदन आश्रित स्मृती दिवसको अवसर पोर राष्ट्रिय युवसंघ रतुवामाई नगर कमिटीले संगठनको आफ्नै खर्चमा आर्थिक अभावमा विद्युत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्