घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैँचा

 न्यूज विराट
घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैँचा

ताप्लेजुङ, १ कात्तिक-कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् ।

सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्रायः सबैले गलैँचा बुन्ने पेसालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् । यो बस्तीमा ५४ घर परिवारको बसोबास छ । पशुपालन, जडिबुटी सङ्कलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आमदानीको स्रोत बनाएका छन् ।

तिब्बततर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरु समस्यामा परेका छन् । केही वर्ष अघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन र जडिबुटी सङ्कलनमा सहज थियो । पछिल्लो पटक अध्ययन लगायतका कामले युवा शहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन र जडिबुटी सङ्कलनको काम छाडेर घरमा रहनेले गलैँचा बुन्ने गरेका छन् ।

‘गत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको छ, नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाको मुख्य बजार भनेकै चीनको तिब्बत हो,’ गलैँचा व्यवसायी याङ्दी वालुङले भने । एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको र अर्कातिर काठमाडौं लगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ छ । गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरू समस्यामा पर्ने स्थानीय वालुङले बताए ।

‘विगतका वर्षमा तिब्बतमा गलैँचा लगेर वर्षभर पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरिन्थ्यो, यो वर्ष न गलैँचा बेच्न पाइयो न त खाद्यान्न जोहो गर्न सकियो, यस्तै अवस्था रहिरहे हामी सर्वसाधरणलाई समस्या हुने भयो,’ वालुङ भन्छन् । वर्षेनी जेठदेखि साउन भदौसम्म याक, चौँरीलाई गलैँचा बोकाएर तिब्बत जाने र आउँदा खाद्यान्न लगायतका सामान लिएर फर्किने ओलाङ्चुङ्गोलाबासी चाँडै नाका खुल्ला भन्ने आसमा देखिन्छन् । तर, दिनानुदिन सङ्क्रमणले ठूलो रुप लिँदै गएकाले नाका खुल्ने सम्भावना छैन । हरेक घरमा गलैँचा थन्किएर समस्या आउने देखिएपछि बजारीकरणका लागि वडाले पहल गरिरहेको त्यहाँका वडा अध्यक्ष छेतेन शेर्पाको भनाइ छ ।

ओलाङ्चुङ्गोलामा वार्षिक ५ सय बढी गलैँचा उत्पादन हुने गरेको उनले बताए । एउटा गलैँचा बुन्नका लागि कम्तिमा १० दिनसम्म समय लाग्छ । यसका लागि चाहिने धागोलगायत कच्चा पदार्थसमेत चीनबाट नै ल्याउने गरिएको छ । गलैँचाको मूल्य सामान्यतया १० देखि २० हजारसम्म पर्छ । यहाँ उत्पादित गलैँचाको मुख्य बजार नै चीनको तिब्बत हो । कहिलेकाही कोसेलीको रूपमा काठमाडौंलगायत ठाउँमा समेत लगिने गरेको छ । रासस

सम्बन्धित समाचार

नेपालले भारतलाई पत्र पठाएरै दियो दनक

काठमाडौं, १४ साउन-भारतले लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउने माग गर्दै पत्र पठाएपछि नेपालले पनि जवाफी पत्र पठाएको छ । नेपालले भारतलाई सो क्षेत्र नेपालकै भएको भन्दै पत्र लेखेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय...

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

प्रदेश १ मा आज दुई सय २५ जनाको परिक्षण गर्दा, २० संक्रमित थपिए

विराटनगर, १६ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज...

भरे ५ बजे संवैधानिक परिषद्, अध्यादेश फिर्ता नभएसम्म देउवा नजाने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सरकारले अध्यादेश फिर्ता नगरेसम्म संवैधानिक परिषद् बैठकमा नजाने भएका छन् । तीन सदस्यीय सदस्य उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी...

वडा नं. ८ का योजना अन्तिम चरणमा

[caption id="attachment_47347" align="alignnone" width="960"] वडा नं. ८ स्थित केर्खा खोलामा निर्माणाधिन अवस्थाको पुल ।[/caption] शनिश्चरे, ५ चैत । पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ८ वडाको वजेट काार्यान्वयनमा अरु वडालाई उछिन्दै अग्रस्थानमा देखिएको छ । वडा नं....

गृह जिल्ला झापा आएर प्रधानमन्त्री ओलीले भने–मलाई हटाएर देखाउनुस

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रमलाई सम्बोधन...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

जहदामा सुरुङ खनेर घरमा चोरी

विराटनगर / मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राती ६ घरमा चोरी भएको छ । घरहरूमा सुरूङ खनेर चोरी गरेको जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए । सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्