प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

 न्यूज विराट
प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३० असोज–प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्ंवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको शुक्रबार शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताएका हुन् ।

उनले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवस्यक रहेको बताउनुभयो । प्रदेश प्रमुख अधिकारीले शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गरे । सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गरे । पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सहि दिशामा ल्याउन उनले आग्रह गरे । सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने बताए ।

१० वर्षभित्रमा किताव र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २÷४ वर्ष भित्रमा सवै विद्यालय प्रविधिमैत्री बन्ने उनले दावी गरे । १ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताए । प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्ने उहाँले जानकारी दिए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिम पछि विद्यालयको पठन पाठनमा ठुलो परिवर्तन आउने बताइन् । सो अवसरमा मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवस्यक रहेकोमा जोड दिए । शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्य सहित तालिम शुरु गरिएको सचिव कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागि छन् । दोश्रो चरणको तालिम शुक्रबारदेखि सुरु भएको छ । दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागि भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार विहान ११ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन् । यसअघि परिषद्ले संवैधानिक...

विराटनगरमा धुमधामका साथ मनाए तमु ल्होसार

विराटनगर । गुरूङ समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाएका छन् । गुरुङ समुदायले गरुङ वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् ।तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिवार तमुस्यो महानगर...

कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए...

बझाङमा भालु आतंक, आक्रमणबाट एक महिला गम्भीर घाइते

बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ । साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाः न फस्टाए, न मोटाए थप

चितवन,  २६ जेठ-कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । २०७३ मा आरक्षबाट १२ वटा...

अदालतले जे निर्णय गर्छ त्यो मान्छौंः देउवा

काठमाडौं, १३ पुस-प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने भएको छ । संसद विघटनको बिरोधमा काँग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको थियो । सोही क्रममा भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्