जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

 न्यूज विराट
जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

विराटनगर, ३० असोज–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ । ग्रामथानका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको हो । मन्त्रालयका अनुसार जेष्ठनागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ । १० विगाहा १४ कठ्ठामा क्षेत्रफलमा निर्माण गरिने जेष्ठ नागरिक ग्रामको डिपीआर लगायतका काम सम्पन्न भईसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले परियोजना शुरु भएपछिको वातावरण सहज बनाउन आग्रह गरे । उनले जेष्ठनागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई ‘नलेज’ पार्कका रुपमा विकास गरिने उनले बताए ।

छलफल कार्यक्रममा सहभागि प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझी लगायतले परियोजना कार्यन्वयनमा जोड दिए ।

सम्बन्धित समाचार

कालापानी निरीक्षणमा गएका प्रधानसेनापति थापा र सशस्त्र आईजीपी दार्चुला पुगे 

काठमाडौं, ३ असार -नेपाल-भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा गएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल दार्चुला पुगेका छन् । उनीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी...

२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

काठमाडौं, ३२ साउन(पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

बुरुन्डीका राष्ट्रपति कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन

एजेन्सी, जेठ २८-अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

गण्डक अस्पतालमा बाराका २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ९ भदौ-बारामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । महागढीमाई नगरपालिका-४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका ५ औरयाटोलका...

प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता...

विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्