प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

 न्यूज विराट
प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

१९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा मुख्य भूमिका खेलेका मन्त्री पोखरेलले सरकारी वार्ता टोली सँगैसँगै थिए । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली कन्ट्याक्ट ट्रेसिङमा परेकाले डा. केसी पनि तानिएका हुन् । शनिबार राति सचिव मैनालीले त्रिवि शिक्षण अस्पतालमा डा. केसीलाई भेटेर सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

डा. केसीसँग सहमति हुनु अगाडि शिक्षा मन्त्री पोखरेल वार्ता टोलीलाई लिएर बालुवाटर प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका थिए । त्यसैले प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

डा. केसी अनशन तोडेर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत छन् । पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा आइतबार मन्त्री पोखरेललाई पोजिटिभ देखिएको थियो ।

सम्बन्धित समाचार

उद्योगी राठीलाई बन्धक बनाएर १५ लाख असुली प्रकरण, निष्पक्ष छानवीन गरी कारवाही गर्न माग

विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...

मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...

ओशो आश्रमलाई ५ लाख सहयोग

विराटनगर, ४ असोज–विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न...

लेटाङ बन्यो मिल्स गोल्डकपको च्याम्पियन

mag ko enws 3Download विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ ।विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले अन्तरले...

आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, साउन ३०-मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमा  बिहीबार कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा...

आज घरघरमा भित्र्याईंदै छ फूलपाती, यस्तो छ बिधि

काठमाडौं, असोज २६ । आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा...

प्रदेश १ मा आज १०० जना डिस्चार्ज हुँदा १९ संक्रमित थपिए

विराटनगर २३ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्