प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

 न्यूज विराट
प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान दुई र शनिबार राति एक संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा आइतबार विहान सुनसरीको दुहवी नगरपालिकाका ६५ वर्षीय पुरुषको ३.५० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

१४ असोजमा प्रष्ठिानमा भर्ना भएका मृतक पुरुषमा १५ असोजमा कोरोना पाेजिटिभ देखिएपछि कोभिड-१९ अस्पतालमा उपचार सुरु गरिएको थियो । हाइपरटेन्सनका बिरामीसमेत रहेका पुरुषको कोभिड अस्पतालमै उपचारका क्रमममा मृत्यु भएको हो ।

त्यस्तै, बीपीकै कोभिड अस्पतालमा उपचाररत धनकुटाकी ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । १६ असोजमा धनकुटा अस्पतालबाट रेफर भई ल्याइएकी महिलाका आइतबार विहान ६.४० बजे मृत्यु भएको हो । २० गते कोरोना पोजिटिभ देखिएकी उनी मधुमेहकी दिर्घ रोगीसमेत रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, धरान ८ की ६२ वर्षीया महिलाको शनिबार राति ८ बजे मृत्यु भएको हो । २१ असोजमा कोरोना पोजिटिभ देखिएकी महिलाको बीपी प्रतिष्ठानको कोभिड-१९ अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो । मृतक तीनै जनाको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

यता विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको दुहवी-३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उनमा २१ गते कोरोना पोजिटिभ देखिएको थियो । मृतक महिलामा मधुमेह र फोक्सोसम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । त्यस्तै, नोबेलमै उपचाररत सुनसरीको हरिनगरा-४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएकोमा सोही दिन गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा फोक्सो सम्बन्धी पुरानै समस्या रहेको नोबेलका प्रवन्धक दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

पाँचथर । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा...

संभावित १८ रोग थाहा पाउने ल्याब परीक्षण सेवा सुरू, ४० दिन भित्रमा रिपोर्ट दिने

विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले जीनोम परीक्षण सेवा सुरु गरेको छ । कोशी प्रदेशको झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो । भारतको डेल्टाज्सँगको सहकार्यमा यो...

चौथो मिल्स गोल्डकप : प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै...

पालिकास्तरीय अध्यक्ष कप , फाइभस्टार र शान्ति युवा क्लब विजयी

विराटनगर । मोरङको कटहरीमा जारी प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुनसरीको खनारको फाइभस्टार क्लब र इटहरीको श्री शान्ति युवा क्लब विजयी भएको छ ।कटहरी गाँउपालिका ५ को खेलमैदान बिहीबार भएको पहिलो खेलमा बुढीगंगा गाउँपालिकाको...

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं, ९ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन...

सेवा सुविधामा विभेद गरिएको भन्दै २३ पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं, माघ १०–विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरूले सामूहिक राजीनामा दिएका छन् । नेपाल भ्रमण वर्ष चलिरहेका बेला पाइलटहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।...

मोरङ ४ मा अमनलाल मोदीको अग्रता कायमै

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्