लायन्स क्लबद्धारा स्थापना गरिएको आइसोलेसन केन्द्र सञ्चालनमा

 न्यूज विराट
लायन्स क्लबद्धारा स्थापना गरिएको आइसोलेसन केन्द्र सञ्चालनमा

विराटनगर, २३ असोज–विराटनगरमा संस्थागत रुपमा निर्माण भएको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । लायन्स क्लबले विराटनगर १२ मा निर्माण गरेको ३० शैयाको आइसोलेसन केन्द्र शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

होटलमा पैसा तिरेर आइसोलेसनमा बस्न नसक्ने, घर वा डेरामा बस्दा समस्या हुने तथा निजी अस्पतालमा खर्च गरेर आइसोलेसन सेवा लिन नसक्ने संक्रमितहरुलाई सहयोग गर्ने उद्देश्यले लायन्सले प्रदेश सरकारसँग समन्वय गरेर सो आइसोलेसन केन्द्र निर्माण गरेको हो ।

आइसोलेसन उद्घाटन गर्दै मुख्यमन्त्री राईले दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको बताउँदै अब अस्पतालहरुले पनि धान्न नसक्ने अवस्था आइसकेकाले सरकारले संस्थागत आइसोलेसन निर्माण गर्ने सोच अघि बढाएको बताए ।

उनले संस्थागत आइसोलेसनप्रति भने संस्थाहरुको चासो न्यून देखिएको गुनासो गरे । मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमण बढ्दै जाँदा अस्पतालहरुको क्षमता बढाउनु पर्ने, आइसोसेलन र आइसियुहरु थप्नु पर्ने अवस्थामा सरकारले एक हजार शैयाको संस्थागत आइसोलेसन निर्माण गर्न चाहेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक महिना अघि नै उद्घाटनको तयारी गरेको आइसोलेसन केन्द्र आफु स्वयं संक्रमित हुनपुग्दा केही ढिलो आरम्भ हुन गएको बताए । उनले सरकारले आइसोलेसनका लागि आवश्यक सबै सहयोग उपलव्ध गराउने प्रतिवद्धतासमेत जनाए ।

सम्बन्धित समाचार

सकियो कोशी प्रदेश खेलकुद महोत्सव, महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहिद रंगशालाको मैदानमा आज राती सम्पन्न प्रतियोगिता फाईनलमा पाँचथरलाई ३ – ० गोलले हराउँदै झापाले उपाधि जितेको...

कोशी सरकारविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको...

कोरोनाको झुटो प्रचार गरे ६ महिना कैद

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको...

झण्डै ६ महिनादेखि थन्किएका सवारी साधन आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं,  १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो ।  ६ महिना...

जेभियर्स स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स इङ्गलिस स्कुलको १० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक...

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन: शेखर कोइराला

विराटनगर, फागुन २८–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी...

सर्वदलीय सरकारका लागि तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्