नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको नोबेलले जनाएको छ ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ७ बजेतिर मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि असोज १७ गते उपचारका लागि भर्ना गरिएका उनमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएपनि ती पुरुषमा कुनै दीर्घरोग रहेको जानकारी नभएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...

पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

काठमाडौं, पुस २२–चालू आर्थिक वर्षको मंसिरसम्ममा १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । गत आवको पहिलो पाँच महिनामा १ अर्ब...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

नेपाल प्रहरीको एआईजीमा कार्की र शाही सिफारिस 

काठमाडौं, ३१ असार -नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त २ एआईजी पदको लागि डीआईजी प्रधुन्न कार्की र निरजबहादुर शाही सिफारिस भएका हुन्...

कोशी प्रदेशमा १२ हजार ९३९ अपराधी फरार , सबैभन्दा बढी मोरङमा

विराटनगर। चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी २२६ जना फरार अपराधी मोरङ प्रहरीले पक्राउ गरेको छ । सोही अवधिमा झापाले ११५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले ५, धनकुटाले २१, तेह्रथुमले ७, भोजपुरले...

प्रधानमन्त्री ओलीले सही काम गरे, अराजकहरुलाई ठेगान लगाउने तरिका यही हो : बिजुक्छे

भक्तपुर, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही...

विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका १ जनाको मृत्यु

पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्