पछिल्लो २४ घण्टामा ३३० संक्रमित थपिए, ३२ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा ३३० संक्रमित थपिए, ३२ जना डिस्चार्ज

विराटनगर, २० असोज–प्रदेश १ पछिल्लो २४ घण्टामा ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा दुई सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई, धनकुटा र खोटाङमा एक÷एक र प्रदेश १ बाहिरका जिल्लाका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्र एक सय ५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३ महिला आठ पुरुष, कटहरीमा सात महिला १२ पुरुष, बुढीगंगामा एक महिला चार पुरुष, रंगेलीमा एक महिला दुई पुरुष, धनपालथानमा एक महिला दुई पुरुष, रतुवामाईमा तीन पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा एक÷एक र स्थानीय तह नखुलेका तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा छ महिला १२ पुरुष, इनरुवामा एक महिला चार पुरुष, रामधुनीमा दुई महिला दुई पुरुष, बर्जुमा एक महिला तीन पुरुष, दुहवी, भोक्राहा नरसिंह र बराहक्षेत्रमा एक÷एक पुरुष, स्थानीय तह नखुलेकमा एक महिला दुई पुरुष, झापाको भद्रपुरमा एक महिला पाँच पुरुष, विर्तामोड र दमकमा तीन÷तीन पुरुष, हल्दिबारीमा दुई पुरुष, बाह्रदशी, अर्जुनधारा र बुद्धशान्तिमा एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरि संखुवासभाको खाँदबारीमा दुई र चैनपुरमा एक पुरुष, उदयपुरको त्रियुगामा दुई पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा एक÷एक पुरुष र प्रदेश १ बाहिरका दुई महिला ३ पुरुषमा स.क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या आठ हजार एक सय पाँच पुगेको छ ।

प्रदेश १ मा मंगलबार ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट एक÷एक जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मंगलबार डिस्चार्ज भएकासँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या चार हजार एक सय २२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार छ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १३५ पुरुष र १९५ महिलको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा एक लाख २७ हजार पाँच सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी...

आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य

काठमाडौं, ६ साउन-सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि...

विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश

विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङको जिल्ला कमिटि सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका...

आईजीपी ज्ञवालीका चुनौती :निर्मलाको हत्यारा पक्राउदेखि विवादरहित बढुवासम्म

काठमाडौं, माघ २८–सरकारले नेपाल प्रहरीको २७औँ प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण आईजीपी सर्वेन्द्र खनालले आजबाट अनिवार्य अवकास...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

मौरीपालन व्यवसाय : दामसंगै नाम

तनहुँ, २८ असोज-व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत...

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्