कोरोना संक्रमणबाट काठमाडौंका ९ जनासहित १९ को मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट काठमाडौंका ९ जनासहित १९ को मृत्यु

काठमाडौं, १९ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १४ पुरुष संक्रमितको निधन भएको हो ।

कोरोना संक्रमणबाट काठमाडौंका मात्रै नौ जनाको मृत्यु भएको छ । काठमाडौंका तीन महिला र ६ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । त्यस्तै, ललितपुरका ३ वर्षीय बालकसहित चार पुरुषको निधन भएको छ ।

त्यस्तै, सर्लाहीका दुई, चितवन, नवलपरासीपूर्व र सुनसरीका एक/एक पुरुष र गोरखा र पर्साकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज देशभर २ सय ८२ जना जना संक्रमितको भेन्टिलेटर र आईसोलेसनमा उपचार भइरहेको छ । २ सय ४४ जना आईसीयूमा र ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।

मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, रूकुमपूर्व र डोल्पा भने संक्रमण शून्यमा झरेको छ ।

आज देशभर १३ हजार ७ सय ८१ जनाको परीक्षण गर्दा ९ सय ३७ महिला र १ हजार ५ सय ३ पुरुष गरी २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

जेभियर्स स्कुलमा प्रविधिमैत्री प्रर्दशनी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ ।स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।जेभियर्स स्कुलमा...

४ जनालाई कोरोना देखिएपछि जगदम्बा इन्टरप्राइजेजमा सिल

पर्सा, १३ साउन-जिल्ला प्रशासन कार्यालय पर्साको जगदम्बा इन्टरप्राइजेजमा सिल गरेको छ । प्रमुख कार्यकारी अधिकृतसहित ४ जना कर्मचारीलाई कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहाहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।...

आज ७,६६४ संक्रमितले जिते कोरोना

काठमाडौं, जेठ ९- पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज उक्त संख्यामा संक्रमितले कोरोनालाई परास्त गर्नुभएको हो । सोही अवधिमा ७...

पत्रकार राजेश राजवंशीालई पितृ शोक

विराटनगर । पत्रकार राजेश राजवंशीलाई पितृ शोक परेको छ । उनका ७४ वर्षीय जाबुनलाल मण्डल राजवंशीको सोमबार विहान ५ बजे मोरङको जहदा गाउँपालिका २ हरिनगरामा निधन भएको हो । उनको सोमबारनै राजवंशी सामुदायको संस्कृति अनुसार...

झापामा तीन जना मृत फेला प्रकरण: विदेश पठाउने भन्दै उठाएको पैसा फिर्ता गर्न नसक्दा सामूहिक आत्महत्या

विराटनगर, ७ भदौ । झापामा एकै परिवारका तीन जना मृत फेला परेकाको मुचुल्का प्रहरीले अझै उठाउन सकेको छैन । सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला...

गठबन्धन सरकारको अर्काे उपहार : फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं, फागुन ५ । सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको हो । निमगले मुल्य बढाउँदा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले...

प्रहरीको संरक्षणमा झापामा स्याउ तस्करी, ५७१ कार्टुन तस्करीको ‘फुजि स्याउ’ बरामद

विराटनगर । झापाको सीमावर्ती नाकाबाट प्रहरीको संरक्षणमा तस्करी हुने गरेको पाइएको छ ।सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटना बाहिर आएको हो । सशस्त्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्