कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको नीति विपरीत रहेको बताएका हुन् । कांग्रेस आफ्नाको गल्तीमा ‘छिटपुट’ भनेर नछोपी कठोरतापूर्वक सच्याएर बढ्ने उल्लेख गरेका छन् ।
कांग्रेसका प्रदेश सांसद सिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारले कुर्ची तोडफोड गरेका थिए । विरोधकै बीच सभामुख पूर्णबहादुर घर्तीले प्रस्ताव अघि बढाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई अनुमति दिएपछि आक्रोशित सांसद कुर्ची तोडफोडमा उत्रिएका थिए ।
मन्त्री केसीले प्रतिपक्षीको रोस्टम घेराउका बीच प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव पेस गरे । प्रस्ताव पसेपछि पनि कांग्रेसको विरोध कायमै रहेपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ । सभामुख घर्तीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।