निशानदेवीले वितरण गर्यो मोरङका पत्रकारलाई सुरक्षा सामग्री

 न्यूज विराट
निशानदेवीले वितरण गर्यो मोरङका पत्रकारलाई सुरक्षा सामग्री

विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच जिल्लामा अग्रभागमा रहेर समाचार संकलनमा खटिने ३५ जना पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क र फेस शिल्ड लगायतका सामग्री वितरण गरेको हो । सुरक्षा सामाग्री नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई निशानदेवी मिडिया प्रा.लि. का अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले हस्तान्तरण गरे ।

बराइलीका अनुसार गरिजाप्रसाद कोइराला फाउण्डेसनकी अध्यक्ष सुजाता कोइराला र अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेको विषेश पहलमा सुरक्षा सामाग्री संकलन गरिएको थियो । सुरक्षा सामाग्रीका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता मुनिन्द्र नेम्वाङ, नेपाली कांग्रेसका युवा नेता कृष्णराज गिरी, पेन्सल भेनियामा बसोवास गर्ने सामाजिक अभियान्ता अर्जुन बोसेलले आर्थिक सहयोग गरेका थिए ।

सो अवसरमा अध्यक्ष बराइलीले व्यक्तिगत सुरक्षा अपनाउँदै आफ्नो दायित्व पूरा गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्दै पत्रकारको पेशागत सुरक्षाको माग गरे । उनले सरकारले कोभिड–१९ को बेलामा रोजगारबिहीन भएका पत्रकारहरुलाई आर्थिक सहायता र राहत नदिएको गुनासो पोखे ।

उनले विदेशी भुमीमा रहेर पनि कोरोना कहरमा नेपाली सञ्चारकर्मीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोग गरेकामा सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग जारी रहने आशा व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकाम अध्यक्ष बन्धु पोखरेलले सुरक्षा सामाग्री आवश्यक सञ्चारकर्मीहरुलाई वितरण गरिने बताए । उनले पत्रकारहरुले आफ्नो स्वास्थ्यको समेत ख्याल नगरि समाजलाई सुसुचित गराइरहेकाले पत्रकारको सुरक्षाका लागि सवैले सहयोग गर्नुपर्ने बताए ।

उनले जिल्लाका कार्यरत पत्रकार एवम सञ्चारकर्मीहरुका लागि सहयोग पुर्याएकोमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन, सुजाता कोइराला र निशानदेवी मिडिया प्रालिलाई धन्यवाद समेत व्यक्त गरे । सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुन्दर सुतिहार लगायतकोसमेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

कोरोनाको झुटो प्रचार गरे ६ महिना कैद

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको...

जनकपुरधाम उपमहानगरको राहत : विपन्नलाई कुहिएको चामल

जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो । चामल सडेको कारण अमिलो गन्ध आएको राहत पाउने...

तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर...

१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...

बालबालिकालाई स्कुल ब्याग वितरण

विराटनगर, ३० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । एनआईसी एसिया बैंकको सहयोगमा क्लबले एक कार्यक्रमकाबिच विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो...

सातौं दक्षिण एसियाली तेक्वान्दो खेल्न नेपाली टोली भारत प्रस्थान, महानगरले गर्यो विदाई

विराटनगर । सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान गरेका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने च्याम्पियनसिपमा नेपालका ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । त्यसका...

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २० असार-आज बिहान बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज स्थायी कमिटी बैठक स्थगित भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक सोमबारसम्मका लागि स्थगित गरिएकाे हो । बिहीबार पनि...

नारायणहिटीमा श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं, ८ असोज । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्