कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु

 न्यूज विराट
कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु

विराटनगर, १८ असोज-विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा आइतबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर- ९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए । 

मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत उनमा १६ असोजमा कोरोना पोजिटिभ देखिएको थियो । विराटले रेफर गरेपछि १७ गते उनलाई कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका उनमा मधुमेहको पुरानै रोग रहेको उपचार केन्द्रका सूचना अधिकृत आनन्द लामिछानेले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगर जुनियर जेसिजको पदस्थापन

विराटनगर । विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल विश्विद्यालयका पूर्व डीन प्रो। डा। दुर्गानन्द चौधरीको उपस्थितिमा पदस्थापन कार्यक्रम भएको थियो । विराटनगर जुनियर जेसिजको २९ औं अध्यक्षको रूपमा वर्ष...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

कोशीमा जलन अस्पताल निमार्णको लागि सम्झौता, ४० करोडको लागतमा एक सय शैय्याको अस्पताल बन्ने

विराटनगर । सुनसरीको इटहरीमा निमार्ण हुने एक सय शैय्याको जलन अस्पतालको लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि प्रदेश सरकार र ट्रष्टबीच जलन...

कोरोना भाईरसको संक्रमणबाट थप एक जनाका मृत्यु

विराटनगर, ११ कात्तिक–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती १२ बजेर ५५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरीको धरानका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।...

लिटिल कोशीको उपाधि ओसियन र उपासनालाई

विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन्...

मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं, ७ साउन-आन्तरिक र बाह्य विमानहरूको उडान तयारीका अवस्थाका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । सरकारले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्ने निर्णय...

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन सुरु

विराटनगर, माघ २३–विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ । प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा महाभोज मञ्चन गरेको हो । भारतमा आयोजित भारत रंगमहोत्सवमा छनोट भएर जानेक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्