विराटनगर, १७ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सुनसरीको इनरुवा–४ कि २८ वर्षिया महिलाको शनिबार बिहान ४.३० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृतक महिलामा ८ असोजमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो । मृतक महिलामा कुनै पनि दिर्घ रोग नरहेको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियमअनुसार भइरहेको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।