प्रविधिमैत्री शिक्षा आवश्यक : मुख्यमन्त्री राई

 न्यूज विराट
प्रविधिमैत्री शिक्षा आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, १५ असोज–।प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्रीबनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए ।

सामाजिकविकास मन्त्रालय र स्थानीयतहको साँझेदारीमा सञ्चालित सूचना प्रविधि संवन्धि अनलाईन शिक्षक तालिमको बिहिबार शुभारम्भ गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै उनले शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवस्यक रहेको बताए ।

डिजिटल प्रदेशक ालागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताए । कार्यक्रममा सामाजिकविकास मन्त्रीजीवन घिमिरेले १० बर्षभित्रमा प्रदेशबाट किताव र झोलामुक्तगरिने लक्ष्यअनुसार कामभईरहेको बताए ।

कोरोनाकाकारण १० बर्षभित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उनले बताए । कोरोनाकाकारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उनले किताव र झोला मुक्त प्रदेश चाँडै हुने दावी गरे । पहिलो चरणमा ६ बटा स्थानीयतहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीयतहका ३ हजार शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचनाप्रविधिको तालिमलिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उनले बताए ।

समाज प्रविधि प्रति आकर्षित बन्दै गएको मन्त्रि घिमिरेको भनाई छ । उनले भने,‘ विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्यहुने छ ।’ सामाजिक विकास मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमायागजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिताथापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलालचौधरी, सामाजिक विकास मन्त्रालयका सचिवगोविन्दबहादुर कार्की लगायतले प्रविधि अनलाईन तालिमले शिक्षक सिकाईमा महत्वपूर्ण उपलब्धिहुने बताए ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिममा इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरेका ६ सय शिक्षकहरुको सहभागिता रहेको विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आयुर्वेद स्वास्थ्यकर्मीद्धारा होलीमा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...

देश बाहिरबाट आएर जानकारी नगराई घर बसे कारबाही

कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्ने भएको छ । त्यस्ता व्यक्तिहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारबाही र दण्ड...

४ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपिडी सेवा बन्द

विराटनगर, साउन १४–चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ । ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

विराटनगरको बिकेभीएम स्कुलका तीन विद्यार्थीले ल्याए ४ जीपीए, नेपाल प्रथम भएको दाबी

विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...

हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् । मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार...

शिक्षादीपमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको पहिलो रोजाइको केन्द्रमा परेको विराटनगरस्थित शिक्षादीप कलेजकमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।कलेजले बिहीबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ को...

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्