विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज-असोज-मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताए ।

उनको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो। कोरोना पोजिटिभ भएसँगै ४ असोजमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या थियो।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि ६ असोजको राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो । यस क्रममा बिरामीमा रेमडेसिभर औषधि समेत चलाउँदै आएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण १९ महिला र ४९ पुरुष गरी कुल ६८ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

भेन्टिलेटर र आइसियू सुविधासहितको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

विराटनगर, २७ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले...

इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए नागरिक

तेहरान, पुस २७–इरानी सेनाको मिसाइलबाट युक्रेनी विमान दुर्घटना भएको स्वीकार गरेसँगै इरानमा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । रानीका नागरिकले पहिला आफ्नो हात नभएको भन्दै दाबीप्रति असुन्तुष्टि जनाएका छन् । विमान दुर्घटनामा इरानी सेनाको हात...

संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र...

प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै

देशभर कार्यरत सञ्चारकर्मीको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो...

अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...

भारतले लिपुलेक सडकमार्ग उद्घाटन गरेकोमा कमल थापाको विरोध

काठमाडौं, २६ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।  ‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो...

विमानस्थलमा शंकास्पद वस्तुको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । विमानस्थलमा बम जस्तै शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा सतर्कताका लागि आन्तरिक उडानका...

चिनियाँ राजदूतको रहस्यमय मृत्युले इजरायलमा हलचल

एजेन्सी, जेठ ४–इजरायलमा नयाँ सरकारको शपथग्रहणभन्दा केही घण्टापहिले नै चिनियाँ राजदूतको रहस्यमय मृत्युले हलचल मच्चिएको छ । चिनियाँ राजदूत डू वेई तेलअभिवको हर्टजलियास्थित घरमा मृत फेला परेका थिए । यो घटनाको पुष्टि इजरायलको विदेश मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्