आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण

 न्यूज विराट
आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय २३ को पीसीआर गर्दा आज १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । जसमध्ये अहिले देशभर १९ हजार ९ सय १९ सक्रिय संक्रमित छन् ।त्यस्तै, गत पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिले देशभर ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा बसेका छन् । आइतबार १० संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

कञ्चनपुरस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजीका १९ वर्षीय नरेन्द्रसिंह...

आजै मात्र ४ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५ हजार ७ सय ६०

काठमाडाैं, ३२ जेठ-आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा....

दुहबी सबस्टेशन पुनःसञ्चालनमा

काठमाडौँ, ४ कात्तिक-अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।...

इटहरीमा सौन्दर्यकर्मी युनियन गठन, अध्यक्षमा सिर्जना

विराटनगर । सुनसरीको इटहरीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गठन भएको छ । इटहरीमा शुक्रबार भएको एक भेलाले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगरपालिकाको अध्यक्षमा सिर्जना बस्नेत (पराजुली) लाई चयन गरेको छ । समितिको उपाध्क्षमा समिक्षा...

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

काठमाडौं, २९ माघ । हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ । नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने...

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्