प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज

विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोङगको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १÷१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ।

प्रदेश १ मा शनिबार १ सय १९ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १÷१ जना डिस्चार्ज भएका हुन । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ ।

प्रदेश १ मा शनिबार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म प्रदेश १ मा १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

व्यवसायीको सहयोगले बजारमा कालो बजारी छैन : अर्थमन्त्री खतिवडा

काठमाडाैं, ७ वैशाख-अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजार व्यवस्थित भएको दाबी गरेका छन् । उनले आइतबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको छलफलमा यस्तो बताएका हुन् । बजारमा कालो बजारी हुन्छ कि भन्ने शंका गरिएको अवस्थामा...

ओली-प्रचण्डबीच आज पनि ३ घण्टा छलफल

काठमाडौं, ४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो

काठमाडौं, १२ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल चल्दै, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं, २० साउन-पार्टीभित्र देखिएको विवादका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

सुख दुःखमा जीवन विकासको साथ

विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तिय संस्था झोराहाट शाखाकी प्रमुख सृजना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स,...

डाक्टर पंकजराजको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ पुस्तक बिमोचन

विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन...

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्