खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

 न्यूज विराट
खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो ।

‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा गरिने बताइएको छ । त्यस्ता स्वयंसेवकलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्ने प्रयास गरिनेछ ।

यस विषयमा द फाइनान्सियल टाइम्सले पहिलो पटक समाचार प्रकाशन गरेको थियो। बेलायत सरकारले ‘ह्यूमन च्यालेन्ज स्टडीज’ मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरेको पाइएको छैन ।

त्यस्तो परीक्षण गर्न सहमति दिइएमा स्वयंसेवक बन्न १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर–उरक्युहार्ट तयार छन् । उनले भने, ‘मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।’

त्यसै कार्यक्रममा बोल्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोगको वास्तविकता बुझ्ने क्षमता रहेको बताए ।

प्राध्यापक होर्बीका अनुसार यस्ता परीक्षणमा स्वयंसेवकहरूलाई नजिकबाट नियालिनेछ र उनीहरूले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरक्षा प्रणालीको अनुगमन गरिनेछ। एक सरकारी प्रवक्ताले त्यस्तो परीक्षणबारे छलफल भइरहेको जानकारी दिएका छन्। कोरोना भाइरसविरुद्ध खोप विकास गर्नका लागि विश्वभरि तीव्र गतिमा काम भइरहेको छ।

सम्बन्धित समाचार

बालिका बलात्कारको आरोपमा मोरङको जहदाका सरबरिया पक्राउ

विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...

लक्षण नै नदेखिई निको भएर घर फर्किए ४ संक्रमित

काठमाडौं, ८ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर बिहीबार ४ जना घर फर्किए । ४ जनामै सुरुदेखि नै लक्षण देखिएको थिएन । तर कोरोना भाइरस पोजिटिभ देखिएको थियो । डिस्चार्ज हुँदा उनीहरुका परिवार...

विराटनगरमा हराएको भन्दै कांग्रेस केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् । मंगलबार बिहान अन्सारीकै घरमा...

मोरङ व्यापार संघ एक्स्पोमा उपभोक्ताको भिड

विराटनगर । विराटनगरमा जारी ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ मा उपभोक्तामा भिड लागेको छ । एक्स्पोमा नवौँ दिन शनिबार उपभोक्ताको भिड लागेको हो । १६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भीड...

लिपुलेक विवादबारे प्रचण्ड: कागजमा जस्तै व्यवहारमा पनि सरकारले सही ढंगले काम गरोस्

काठमाडाैं, २८ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको...

विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...

ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्