अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

 न्यूज विराट
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

एजेन्सी, ७ असोज-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको आरोप लगाए । चीनले भने ट्रम्पको आरोपको कडा प्रतिवाद गरेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ६८ लाख भन्दा बढी पुगेको छ । अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो । नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

तर राष्ट्रपति ट्रम्पले आफ्नो हस्तक्षेपले मृत्यु हुनेको सङख्या कम गर्न मद्दत गरेको दाबी गरे । गत मार्चमा राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको सङ्ख्या १ लाखदेखि २ लाखसम्म रहे आफ्नो देशले ‘राम्रो काम गरेको हुने’ बताएका थिए।

गत फेब्रुअरीमा देशभरमा जम्मा १५ जना सङ्क्रमित देखिँदा उनले केही दिनमै सङ्क्रमितको सङ्ख्या शून्य हुने बताएका थिए । अमेरिकामा जनवरीमा पहिलो सङ्क्रमित फेला परेका थिए । त्यसयता कोरोना रोकथाम र नियन्त्रणका लागि ट्रम्प प्रशासनले चालेको कदमको सार्वजनिक रुपमा आलोचना हुँदै आएको छ ।

आगामी नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटका तर्फबाट उम्मेदवार रहेका जो बाइडनले कोरोना भाइरस नियन्त्रणमा ट्रम्पको कदमको आलोचना गर्दै आएका छन्। उनले भने, ‘डोनल्ड ट्रम्पको झुट र विगत ६ महिनामा उनको असक्षमताका कारण इतिहासमै धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन् ।’

ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध कडा प्रहार गरेका छन् । पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनले विश्वमा कोरोना भाइरस फैलाएको आरोप लगाएका छन् ।

चीनले भने त्यसप्रति कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले हजार पटक झुट बोले पनि त्यो झुट नै हुने बताए। सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरेका छन् ।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको समेत आरोप लगाएका छन् । विश्व स्वास्थ्य संगठनले ट्रम्पको आरोप अस्वीकार गर्दै आएको छ ।

सम्बन्धित समाचार

आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...

एम्बुलेन्सको ठक्करबाट महिला स्वास्थ्यकर्मीको मृत्यु

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इनरुवामा को१च ९६०५ नंको एम्बुलेन्सले ठक्कर दिँदा ३५ वर्षीया स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो । को१६प २०६४ नम्बरको स्कुटरमा रहेकी श्रेष्ठलाई विपरीत दिशाबाट आएको...

कवि नेवटियालाई साहित्य सम्मान

विराटनगर । वरिष्ठ कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरेका छन् । उद्घोष दैनिकले आइतबार विराटनगरमा साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका कवि नेवटियालाई सम्मान गरेको हो । कवि नेवटियाले विराटनगरबाट...

तिब्बतले बाटाेमै राेकिदियाे चीनबाट नेपाल ल्याउँदै गरेकाे स्वास्थ्य सामाग्री

तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामाग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाईरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य समाग्रीको गुणस्तरमा प्रश्न उठेपछि तीब्बतले बाटाेमै राेकिदिएकाे हाे ।...

कोरोनाबाट थप सातको मृत्यु, २३१ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, १४ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

नेपालमा ८१ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...

प्रदेश १ का ३१ मध्ये ६ संक्रमितले जिते काेराेना

विराटनगर, २३ वैशाख-उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको...

ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्