भारतमा एकै दिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

 न्यूज विराट
भारतमा एकै दिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

एजेन्सी, ६ असोज-भारतमा एकै दिनमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामी संक्रमणमुक्त भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाको संख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मंगलबार जानकारी दिएको छ । मन्त्रालयले कुल संक्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरू संक्रमणमुक्त भएको पनि जनाएको छ ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, ‘भारतमा संक्रमणमुक्त भएकाहरूको दैनिक संख्या उच्च हुँदै गएको छ, यो संख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।’

भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको कुल संख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १० लाख ३ हजार २९९ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने अरू ४३ लाख ९६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार

भारतीय दूतावास घेराउ गर्न पुगेका राप्रपासम्वद्ध युवा पक्राउ

काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । भारतले...

एकै परिवारका ५ जनाको घरमै झुण्ड्याएर हत्या

एजेन्सी, ८ भदौ-भारतको मध्यप्रदेशस्थित एक घरका ५ जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो आइतबार...

रंगेली र सुनवर्षीका ११ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, २ असोज । विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना ठहर भएका फरार ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको २०७० साल पुष १४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र २०७३ साल...

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेडल जित्छन् : सदस्य सचिब वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा...

राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण कार्य शुरु

विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय...

लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्