प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । प्रदेश १ मा सोमबार एक सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय ५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका ११ एक÷एक जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ४३ महिला र ५४ पुरुष थपिएका छन् । मोरङको कटहरीमा दुई महिला चार पुरुष, ग्रामथानमा एक महिला र बुढीगंगामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा पाँच महिला चार पुरुष, झापाको विर्तामोडमा एक पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा एक÷एक पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोमबार पुष्टि भएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ९३ पुगेको छ ।

प्रदेश १ मा सोमबार १६ जना संक्रमण मुक्त भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट तीन÷तीन जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ बाट दुई हजार पाँच सय ५२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा हाल सम्म एक लाख १६ हजार पाँच सय ५२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सामाजिक काममा सक्रिय पललाई ‘रियल हिरो अफ दि इयर’ अवार्ड

काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका नायक पल शाहले 'रियल हिराे'काे सम्मान पाएका छन् ।  लकडाउनमा बेरोजगार बनेका सिनेकर्मीलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई 'रियल हिरो अफ दि...

भ्याकेटमा जाने निर्णय गरेर ओलीले पार्टी एकता भंग गर्न खोजे : माधव नेपाल

नेपाल एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी एकतालाई भंग गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै कर्णाली प्रदेशका सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा...

धरणीधर सहकारीको अढाइ करोड वचत जोखिममा

विराटनगर । ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए ।विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी...

प्रविधिमैत्री बन्दै कानेपोखरीको सरस्वती आधरभूत विद्यालय

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको...

विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मनायो ‘क्रिसमस डे’

विराटनगर, ११ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग ‘क्रिसमस डे’ मनाएको छ । विराटनगरस्थित सीपी सेन्टरमा अपाङ्गता भएका बालबालिकाहरुसँग क्लबले ‘क्रिसमस डे’ मनाएको हो । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रत्येक वर्ष यसरीनै...

प्रदेश १ को प्रदेशसभा बैठकः तुइन काट्ने भारतीय एसएसवीलाई कारवाही गर्न सांसदको माग

विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्