यसअघि २ असोजमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयमा भौतिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।
बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो ।
सोही विषय कार्न्वयनका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ । बैठकमा सो निर्णय कार्यान्वयनका लागि मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा छलफल हुने छ ।