पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

 न्यूज विराट
पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो ।

पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई जुममार्फत पुरस्कार वितरण गरिएको हो । पुरस्कारकोरको राशि जनही रु. १५ हजार रहेको छ ।

विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिंदै आएकोमा यो पटक भर्चुअल रुपमा नै कार्यक्रम गरी पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली(आईपीएस) मार्फत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्फत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ उत्साह जागृत भएको बताए । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको बताए । उलने परिस्थिति काबुमा आउनासाथ युनियनको केन्द्रीय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताए ।

शैलजा आचार्यको आदर्श र निष्ठाको विषयमा पत्रकार अनन्तराज न्यौपानेले प्रकाश पारेका थिए । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले राजीनितक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको बताए । त्यस अवसरमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल, नेपाली कांग्रेसमा मोरङ सचिव मोदराज घिमिरे, प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले मन्तब्य राखेका थिए ।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेकाछन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज २६ संक्रमित थपिए, संक्रमितको संख्या ६०४ पुग्यो

विराटनगर, १७ असार–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र...

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते

विराटनगर, २९ कात्तिक । ओखलढुङगामा बोरोले दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान दुर्घटना हुँदा सद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर,...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

हुण्डीको कारोबारी धर्मानन्द साह पक्राउ

विराटनगर । हुण्डीको कारोबारी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारी विराटनगर महानगरपालिका १५ सुडी वस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साह विराटनगरका चर्चित...

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।  प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नम्बरको...

मोरङमा संगठीत हुँदै तेली समाज, आधा दर्जन स्थानीय तहमा नेतृत्व चयन

विराटनगर । मोरङमा तेली सामुदाय संगठीत भएर अगाडी बढेका छन् । मोरङको स्थानीय तहरूमा तेली समाज गठन गरेर अहिले संगठित भएर अगाडी बढेका हुन् । विभिन्न नाममा रहेको तेली समुदायका जातिय संस्थाहरु एक हुँदै गएर...

२४ घण्टामा देशभर थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं, २६ साउन=पछिल्लो २४ घण्टाको अवधिमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वरले ३३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

तेस्रो प्रयासमा गणेश उप्रेती प्रदेश संसद बन्न सफल

विराटनगर । मोरङको क्षेत्र नंः २(१) बाट नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उप्रेतीले १५ हजार ३३ मतले विजय भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्